तयारी राष्ट्रिय युवा सम्मेलन २०१९

बिज्ञान सुवेदी: हरेक परिवर्तनकारी कदमको लागी अनि सोचको लागि नयाँ ठाउँ, नयाँ बातावरण अनी नयाँ परिवेशले बिशेष उर्जा अनि हौसला प्रदान गर्दछ, नेपाल युवा परिषदको लागि यो शुक्रबार अनी शनिवार केही बिशेष रह्यो, यही १०– १२ अगष्ट सम्म आयोजना हुन गैरहेको राष्ट्रिय युवा सम्मेलन २०१९ को रणनितिक योजना एवम् तयारी बिशेष छलफल गरिरहँदा काठमाडौँको कोलाहल भन्दा केही पर रहेको नुवाकोट स्थित ककनी गाउँपालिका को सुन्दर वाताबरणमा हरेक युवाका सोच अनि योजनाहरु बुलन्द बनेर निस्किए ।

शुक्रबार करिब तिन बजे बालाजुबाट ककनीको लागि प्रस्थान गरेको १७ जना युवाको टोली करिब साँढे दुई घण्टाको यात्रा पश्चात् ककनी स्थित होटेल ककनी इन पुगेको थियो । केही समयको आराम पश्चात् ककनीका केही रमणिय स्थानको घुमाई अत्यन्तै रमाइलो रह्यो । साँझ करिब दुई घण्टासम्म चलेको राष्ट्रिय युवा सम्मेलनको योजना सम्बन्धी बसेको बैठक बिशेष फलदायी रह्यो । परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले आफ्नो योजना, विगतका सम्मेलनहरुमा महशुस गरेको कमीकमजोरी लगायत सबै सदस्यहरुले आफ्नो बिचार प्रस्तुत गरेका थिए ।

छलफलको अन्त्यमा उक्त कार्यक्रमका बिशेष आकर्षण नेपाल युवा परिषदका आत्मीय शुभचिन्तक एवम् मेरो जब डटकमका मार्केटिङ्ग म्यानेजर राजन कोइरालाले दिनु भएको सन्देश सबैको लागि प्रेरणा बन्यो । लोकल भाले सहितको मीठो खाना पश्चात् भएको सांस्कृतिक कार्यक्रम अविष्मरणीय रह्यो । करिब ११ बजे सम्म चलेको नाचगानमा सबै साथीहरु खुलेर कम्मर नाचेका थिए । क्याम्प फायर सहित चलेको उक्त नाचगानलाई ककनीको मुटु छुने चिसोले कुनै प्रभाव पारेन ।


कार्यक्रम को दोस्रो तथा अन्तिम दिन बिहानको सुर्योदय संग सुरु भएको करिब एक घण्टाको पैदल यात्रा शिवपुरी राष्ट्रिय निकुन्जको ककनी इन्ट्री पोइन्ट सम्म लम्कियो । खुट्टाको थकानलाई बेवास्ता गर्दै सबैको आँखा अगाडि फैलिएको हिमश्रृंखला हेर्न मग्न थिए । खुल्ला मैदानमा राजन कोइरालाले दिनुभएको टिम बिल्डिङ्ग« सम्बन्धि ज्ञान निकै सार्थक रह्यो । व्यक्तिगत एवम् सामाजिक सेवालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे उहाँले दिनुभएको ज्ञान सबैको लागि प्रेरक थियो । साथै उहाँले गराउनु भएका सामुहिक खेलहरुले टिममा एक अर्का बिचको सहकार्य र स्रोतहरुको उचित प्रयोग कसरी गर्ने भन्ने बारे ज्ञान मिलेको थियो । दोस्रो दिन व्यक्तिगत एवम् संस्थगत हिसाबले सबै जनाको लागि निकै महत्वपुर्ण रह्यो । सम्मेलनमा सहकार्य गर्न सक्ने सम्भावित संस्थाहरु बारे जानकारी कुनैपनि सम्भावित संस्था को पहिचान गरी उनीहरुसंग प्रस्ताव कसरी गर्ने, प्रस्ताव गर्दा आउन सक्ने सम्भावित आरोह अबरोह के के हुन सक्छन् र कुन अबस्थामा कसरी त्यसको रणनितिक सामना गर्ने लगायत बिबिध आधारभुत ज्ञानले सबैलाई सम्मेलनलाई अझ भव्य अनि सभ्य बनाउन पर्छ भन्नेमा उत्प्रेरित गरेको थियो ।


रमाइलो संगै ज्ञान गुनको अनि ककनी को बिशेष खानाले सबैको दिमाग, मन अनि पेट भरिपुर्ण पारिरहेको थियो । सहभागी साथीहरुलाई परिषदसंग अझ नजिक बनाउन अध्यक्ष सरोज बानियाँले परिषद सम्बन्धि सोध्नुभएका केही रोचक अनि ज्ञानबद्र्धक प्रश्नहरुले माहोल अझ रोमान्चक बनेको थियो । साथीहरुले प्रस्तुत गरेको आमा सम्बन्धि लेखले माहोलाई बेला बेला केही भावुक बनाएको थियो । उक्त बसाईमा अध्यक्ष सरोज बानियाँ ज्युले सम्मेलनका स्वयमसेबहरुलाई कसरी परिचालन गर्ने, बिभिन्न जिल्लालाई दिइने भनिएको सिड मनी कसरी प्रयोग गर्न सकिन्छ र सम्मेलनमा आयेजक समितिमा बसेर काम गरिरहेका युवा साथीहरुको भुमिका कति सम्म महत्वपुर्ण रहन्छ भन्नेमा प्रष्ट पार्नु भएको थियो । कतिबेला मुटु काम्प्ने चिसो त कतिबेला टाउको पोल्ने गर्मि तर पनि सबै कुरालाई बेवास्ता गर्दै एकटक भएर आफ्नो बिचार योजनालाई प्रस्तुत गरिरहेको आवाजहरुबाट प्रष्ट हुन्थ्यो की यो पटक को सम्मेलन निकै सभ्य अनि भव्य हुने वाला छ । दुईदिनको रमाइलो छलफल, ज्ञान अनि माहोलबाट नयाँ जोश, उमंग र हौसला बोकेर सम्मेलनको आयोजनाको जिम्मा पाएको युवा टोली करिब ४ बजे काठमाडौँको लागि प्रस्थान गर्दै थियो । बाटोमा भएको प्राकृतिक सुन्दरता, यातायात समस्या, ग्रामिण नेपालको सडक अबस्था आदिले यात्रा त रमाइलो बनाएको नै थियो तर सबै युवा भित्र एउटा कुराले जरा गाडिसकेको थियो कि देशमा सम्भावना धेरै छन् गर्नुपर्ने काम पनि धेरै छन् र ति सबै आशाहरु हामी युवाकै बाटो हेरेर बसिरहेका छन् ।